अन्तर्राष्ट्रिय

जब बेहुलीले वरमाला बेहुलाको सट्टा अफ्नो प्रेमीलाई लगाईन, मच्चियो हंगामा !

Loading...

त्तर प्रदेशको नगीनामा एक विवाह समारोह अचम्मलाग्दो घटना घटेको छ । विवाहमा जन्तीहरु नाच्दै-गाउदै बेहुलीको घरमा पुगे। बेहुली पक्षले जन्तीलाई स्वागत गरे। बेहुला र जन्तीहरु निकै खुसि थिए। बेहुला आफ्नो साथीसहित स्टेजमा पुगे। त्यसपछि बेहुलीलाई वरमालाको लागि स्टेजमा बोलाईयो।

बेहुली वरमाला लिएर स्टेजमा पुगिन र पहिले बेहुलालाई माला लगाउन लगाईयो। जब बेहुला माला लगाउनको लागि अगाडी बढे तब बेहुलीले आफ्नो बेहुलाको सट्टा प्रेमीलाई वरमाला लगाईन। त्यसपछि त्यहाँ हंगामा मच्चियो। साथै विवाहमा आएका जन्तीले बेहुलीको प्रेमीलाई कुटपिट गर्न सुरु गरे ।

यो घटना थाहा पाए लगतै पुलिस घटना स्थल पुगे र त्यहाँको कोलाहल शान्त भयो। पुलिसले युवकलाई हिरासतमा लिएका छन्। युवकलाई हिरासतमा राखेपछि दुलहीले विवाह गर्न अस्वीकार गर्दै भनिन, ‘मैले जसलाई वरमाला लगाए, हो उहीसंग विवाह गर्छु।”

नाच्दै स्टेजमा पुगेका ति युवकलाई बेहुला पक्षले याद गरिरहेका थिए तर खासै चासो भने गरेका थिएनन्। केहि समय दुवैपक्ष बीच चर्काचर्की भएपछि अन्तत बेहुला बिना बेहुली जन्तीसँग आफ्नो घर फर्किए। पुलिसको अनुसार युवक र बेहुली एकै कलेजमा पढ्ने गर्छन्। दुवैजना लामो समयदेखि प्रेमसम्बन्धमा रहेका थिए। युवती अरु केटासँग विवाह गर्न तयार थिइनन्। परिवारको दबाबमा उनको विवाह हुन लागेको थियो। त्यसपछि युवतीले आफ्नो प्रेमीसंग मिलेर यी सबै योजना बनाएकी थिइन् । पुलिसको अनुसार परिवारको सहमतिमा अब युवतीको विवाह उनकै प्रेमीसँग हुदैछ।

Continue reading

बलिउड

मिडिया संग आफ्नो गोप्य कुरा खोलेपछि सलमान खानले निकाल्दिए आफ्ना ३ बडीगार्डलाई-

Loading...

Kathmandu, 21st April: Salman Khan is the Bollywood star known for his known for his charitable acts. He is also known for his short temper and untimely irks. The actor cannot bare anyone’s interference in his life, especially of someone who is not his friend, family or a close one. The actor recently fired three of his bodyguards as they were sharing his personal details with media. He realized that his privacy was being invaded as his bodyguards were trading his personal information with media.

Earlier, Salman had fired his manager Resham Shetty for alienating him from his close ones. Reports suggested that Reshma was fired after it was found that she wasn’t too keen on giving out dates to Salman’s brother Sohail Khan.

Continue reading

Uncategorized

अर्चना पनेरुकी आमाको प्रस्ताव छोरीको पोर्न फिल्मको हिरो बन्ने हो ? (भिडियो सहित)

Loading...

पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी कलाकार अर्चना पनेरु पछिल्लो समय गुमनाम जस्तै छिन् । केही समय अगाडी उनि उनको विहेको कारण चर्चामा आएकी थिइन तर अचानक फेरी सामाजिक सञ्जालमा अर्चना पनेरुका आमा छोरीले लाइभ गर्दे निकै कामुक शैलीमा आफ्ना फ्यानहरु संग कुराकानी गरेका छन् । उनिहरुको यो भिडियो अहिले निकै भाइरल भैरहेको छ । कुराकानीकै क्रममा एकजना फ्यानले अर्चनाको फिल्ममा हिरो बन्ने रहर गरेपछी आफ्नो छोरीको अब पोर्न फ्ल्मि आउन लागेको भन्दै त्यसको हिरो बन्ने हो भनेर अर्चनाकाी आमाले प्रश्न गरेकी छिन (हेर्नुहोस भिडियो)

Continue reading

समाचार

फेरी देशमा युद्ध गर्न बिप्लप सिन्धुलीमा सैन्य बेसक्याम्प संचालन गरि लडाकु तालिम दिदै- प्रहरी कार्यालयमा ठूलो हलचल

Loading...

काठमाडौं, ८ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरी भित्र खैलाबैला मच्चिएको छ । उता सिन्धुली प्रहरीभित्र भने यो खबरले भूकम्प नै गएको छ ।

शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गरेपछि पुरै प्रहरीभित्र हलचल ल्याएको छ। यद्धपि यसबारे कुनै आधिकारिक पुष्टि भने हुन् सकेको छैन ।

यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।

सैन्य बेसक्याम्प चलाएको हल्लापछि सिन्धुलीमा व्यापक प्रहरी परिचालन गरिएको सूचना समेत प्राप्त भएको छ |

यो पनि पढ्नुहोस् :

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ (बिआरआई)अन्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताए ।

चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेका जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताए ।

सिचुवान प्रान्तका गभर्नरसँगको भेटमा चीनसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न सिचुवान प्रान्तमा नेपाली निर्यातयोग्य वस्तुहरुको सहज प्रवेशको लागि आग्रह गर्नुका साथै नेपाल र सिचुवान प्रान्तबीच राजनीतिक, आर्थिक, सामाजिक,

सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामथ्र्यबाट नेपालले पर्याप्त लाभ लिनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छन्दुमा नेपाल सरकारले वाणिज्यदूतावास स्थापना गर्न चाहेको बताउँदै त्यसमा सहयोग गर्न अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिए ।

चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना केरुङ्बाट काठमाडौँ, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा व्यापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारेमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

आफ्ना चिनियाँ समकक्षीसँग भएका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमा नाकाको सञ्चालन तथा स्तरोन्नति, द्विपक्षीय रसुवागढी‒केरुङ र तातोपानी‒झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सञ्चालनका लागि आग्रह गरेको जानकारी पनि उनले दिए ।

‘द्विपक्षीय व्यापार नेपालको चीनसँगको बढ्दो व्यापार घाटा कम गर्न चीनमा नेपालको निर्यात बढाउनुपर्ने आवश्यकतामा जोड दिइयो,’ उनले भने । चीनका विदेशमन्त्री वाङले नेपाली उत्पादनलाई चीनमा राम्रो बजार पहुँचको सुविधा प्रदान गर्ने आश्वासन दिँदै चीनको खुलापन र सुधारबाट सिर्जित अवसरको फाइदा लिन आग्रह गरे ।

यो पनि पढ्नुहोस् :

काठमाडौँ, ७ वैशाख । सरकारको यातायातसँग सम्बन्धित संस्थाहरुलाई कम्पनी ऐनमार्फत् दर्ता र नवीकरण गर्ने निर्णय फिर्ता लिन माग गर्दै यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।

यातायात व्यवसायीहरुले सरकारको निर्णय व्यवसायीहरुको हितमा नरहेको भन्दै ज्ञापनपत्रमार्फत तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले मध्यम वर्गका व्यवसायीलाई नियन्त्रण गर्ने गरी निर्णय लिएको भन्दै फिर्ता लिन दबाब दिँदै आएको छ ।

ज्ञापन पत्र बुझ्दै यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायलाई कम्पनी ऐनमार्फत् दर्ता र नविकरण गराउने सरकारको निर्णय फिर्ता नहुने जवाफ दिएका छन् ।

उनले आन्दोलनको कार्यक्रम तत्काल फिर्ता लिएर आए व्यवसायीहरुलाई आवश्यक सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । यातायात व्यवसायीहरुले आन्दोलन स्थगित गरे आमजनता समेत खुशी हुने मन्त्री महासेठले दावी समेत गरे ।

यातायातसँग सम्बन्धित संस्थाहरुलाई कम्पनी ऐनमार्फत् दर्ता र नवीकरण गर्ने सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीहरु आन्दोलित बनेका छन् । सरकारले सो निर्णय फिर्ता नलिए देशभर सवारी साधन अनिश्चितकालिन समयको लागि बन्द गर्ने व्यवसायीहरले धम्की दिएका छन् ।

यो पनि पढ्नुहोस् :

काठमाडौं ८ वैशाख: काठमाण्डौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन् ।

यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

सरसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन् ।

त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन् । तर नेवारहरुमा त्यस्तो छैन । कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन् । संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन् ।

हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो वर्मन अथवा मंगोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका ‘तिब्बती–वर्मी समूहका’ हुन्, तर अरु आगन्तुकहरु पनि नेवार बनेका छन् ।

नश्ल मात्र होइन, धर्मको हिसावले पनि नेवारहरु थरीथरीका छन् । धर्मका हिसावले पनि अहिले नेवारहरु शैव र बौद्ध धर्म मान्नेहरु छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए ।

पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई ‘देश छाडेर जानू, नजानेहरुलाई मार्नू’ भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे ।

नजानेहरु सबैलाई फाँसी दिइए र मारिए । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए । अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन् । नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गए ।

यसरी नेवारहरुको रगत, धर्म अलगअलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै जाति छैन । कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक ethic समुदाय नै होइन,

यो त एउटा भाषा वा जातिको समुदाय वा ethic geo-lingustic हो । जो नेपाल भाषा बोल्छन्, उनीहरुलाई नेवार भनिन्छ । नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरुले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो । नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरुको र तामाङ्गहरुको एउटै भाषा थियो । तामाङ्गहरुले पुरानै भाषा बोलिरहे । नेवारहरु भने नयाँ भाषा बोल्न थाले ।

नेवारको श्रमिक वर्ग, जस्तो -नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन् । नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ ।

नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन् । श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । ७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे ।

उनीहरु जुनजुन पदहरुमा नियुक्त भए, त्यही पदअनुसार उनीहरुको थर निर्धारण भयो । जस्तो – मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो ।

उनीहरुका सन्तानहरुलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।

एउटा उदाहरण लेऔँ । नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौन गढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ । त्यस आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए ।

तर तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरवारमा शरण लिए । उनीहरुको थर राजपूत थियो । नेवारीमा ‘रा’लाई ला भनिन्छ । त्यसैले उनीहरु थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरु श्रेष्ठमा मिल्न गए ।

मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरु आएका थिए । उनीहरु दरवारमा गएर राजाको वैद्यको रुपमा काम गर्न थालेकाले उनीहरुलाई राजवैद्य भन्न थालियो । तिनीहरुसँगै आएका वैद्यहरु तर राजदरवार नपुगेकाहरु श्रेष्ठ नभई अरु जातमा विलिन भए ।

बाहुनहरुमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरु ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरुले नेवारी बोले, उनीहरुलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ ।

त्यस्तै, तराईबाट पनि तिरहुते ‘झा, ओझा मिश्र थरका’ बाहुनहरु पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने । यसरी ८/९ सय वर्षपहिले आएर काठमाण्डौँ उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरुलाई नेवार भन्न थालियो । यसरी नेवारहरुको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरुबाट आएका र विभिन्न जातिका मानिसहरु एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।

संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरुको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ । यहाँका कला र कलाकारका बारेमा रुसका एकजना ठूला इतिहासकार डा।

बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरु बनाइसकेका थिए ।”

त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो । यो कुरा कोरियामा पनि उल्लेखित छ । ती पुस्तकहरुमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ । यसरी एकपटक मल्लकालमा नेवारहरु निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।

अब नेवारहरु आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं १ मेरो विचारमा नेवारहरु आदिवासी नै हुन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरु आदिवासी नै हुन् । अरु बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् ।

यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ । आदिवासी भन्नेबित्तिकै नेवारहरु शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला । मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ ।

उनीहरु नै संसारभरि फैलिएका हुन् । त्यसैले आदिवासी भनेर तिनीहरुलाई भनिन्छ, जुन जातिहरु शासक जातिभन्दा पहिला आएर बसेका हुन् । अहिले नेपालका शासक जाति ‘नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी’ हुन् । उनीहरु ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरु त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरुलाई आदिवासी भन्नुपर्छ ।

अर्को, नेवारहरु जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका,

नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन् । यो परिभाषाअनुसार नेवारहरुलाई जनजाति भनियो भने नेवारहरुको बेइज्जत हुन्छ भन्न थालियो ।

अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जानजाति भनिन्छ’ भनेर दिएको छ ।

किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरु जनजाति नै हुन् भन्ने मलाई लाग्छ ।

यदि नेवारहरु जनजाति हुन् भने मैथिलीहरु किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । मैथिलीहरुको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन् ।

उनीहरुको धर्म र संस्कृति शासकहरुको धर्म र संस्कृतिसँग मिल्छ । त्यसैले उनीहरु जनजाति भएनन् । शासकहरुको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरु जनजाति नै हुन् ।

एकपटक शासक भइसकेका नेवारहरु कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ । तर नेवारहरु कहिले पनि शासक जाति भएका छैनन् । मल्ल राजाहरुलाई नेवार राजा भनिए तापनि उनीहरु नेवारहरु नै होइनन्, ठकुरीहरु हुन् ।

नेपाल भाषा बोलेर शासकहरु नेवार भएका थिए । उनीहरु शासक छँदा नेवारहरु अलग्गै थिए । पृथ्वीनारायण शाहले मल्लहरुको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्न गएका थिए ।

Continue reading

समाचार

‘देशलाई मौका पाउँदा राणाहरुले लुटे, राजाहरुले लुटे, जनताको नाममा ताण्डव नाचेर लुटे, छाती ठोकेर लुटे’

Loading...

यो देशको सर्बाधिक सम्भावना बोकेको क्षेत्र हो पर्यटन । तर हरीया डाँडा हिमालै हिमाल, तालै ताल छन् भन्ने मात्र तर्क ताल न शुर को भैसके ।

हो प्रकृतीले दिनुसम्म दिएको मुलुक हो तर नीति निर्माता र व्युरोक्रेसीले लिनु सम्म लिए पछि न हिमाल काम लागे न पहाड काम लागे न तराईका फाँट काम लागे न कला, संस्कृती, भेषभुषा, रीतिरीवाज न युनिक किसिमका हाम्रा स्वादिष्ट खानाका परीकार नै काम लागे ।

प्रकृतीले संसारबाट सोरेर घ्वाप्लक घुप्लुक घोप्ट्यादिएको सुन्दरता बाँदरको हातमा नरीवल भयो । देश सधै सबैको साझा हुने नै भयो । यस अर्थमा सबले मौका पाउँदा लुट्ने भए ।

राणाहरुले मौका पाउँदा राणाहरुले लुटे, राजाहरुले मौका पाउँदा राजाहरुले लुटे अझ आसेपासेहरुले माहाराज बनेर लुटे । प्रजातन्त्र, लोकतन्त्र त जनताको शासन, जनताको नाममा तान्डण्ब नाचेर लुटे, छाती ठोकेर लुटे, कुर्सी फालेर लुटे ।

यो लुटमा साथ दिने सारथी बन्यो कर्मचारी तन्त्र । सरकारी कर्मचारी र उच्च पदस्थहरुले गत बर्ष मात्र तलब बाहेक २२ अर्ब रुपैया भन्दा बढी रकम राष्ट्रको ढुकुटीबाट खर्च गरेका रहेछन् ।

विदेश भ्रमणमा मात्र एक बर्षमा २ अर्ब २० करोड खर्च भएछ । यत्रो खर्च गरेर गरिएको विदेश भ्रमणबाट मुलुकले के पायो ? नथीङ, जस्ट नथीङ । भ्रमण भत्ता पच्यो, उहाँरुको परिवारले गिफ्ट पायो, उहाँहरुकै आफन्तले ड्युटी मा किनेको १/२ बोतल रक्सी खाए, फेसबुक, ट्वीटरमा हाल्ने फोटो पाए । द्याट्स अल ।

हैन यो मुलुक कति धनी रैछ ? कर्मचारीको भ्रमण स्थानीय भत्ता, मंहगी भत्ता, लुगा औषधि खर्च तालीम, इन्स्योरेन्स आदी शिर्षकमा तलब बाहेक २२ अर्ब भन्दा बढी खर्च गर्न सक्ने ?

कृषी प्रधान देश भनौ सारा तरकारी आयात गर्नुपर्छ, जुम्लामा स्याउ कुहिएर जान्छ, अस्ट्रेलियाको स्याउ पसल पसलमा छन् । जलस्रोतको धनी देश ?
अरु देशका मानिसको हरेक बिहान कत्रा कत्रा प्लान हुन्छन् हाम्रो त बिहान ४ बजे पानी आउँछ भनेर उठेर धारोमा लाइन बस्ने प्लाननै दिनको पहिले प्लान हुन्छ ।

पर्यटन भनौ, बस सेवा त्यस्तो छ, प्लेन चडौ, प्रत्यक दिन फ्ल्लाईट डिले, टाइम पास गर्ने उपाय छैन, एयरपोटमा एक कप कफीको ५ सय रुपैया । शहरमा रमाउने पर्यटकलाई खोइ नाइट लाइफ ।

९÷१० बजेपछि सारा बत्ती निभ्छन्, शहर अन्धकार । केही खानु प¥यो भने जाने ठाँउ छैन । न राती चल्ने सिटी बस छन् । ट्याक्सी चडेर, ठमेलको गल्लीमा वा लेक साइडको भित्र तिर बन्द भैसकेको साइला दाई माइला दाइको पसलको ढोकामा ढकढक गरेर केही खान पाइन्छ भनेर हात जोडनु परेपछि घुम्न आएको पर्यटक फेरी फर्केर आउँछ ?

यो गुनासो होइन गम्भीर ध्यानआकर्षण हो । देशमा द्वन्दकाल छैन त्यसैले पर्यटकीय यो देशका केही शहरहरु २४ घण्टा खुल्नु पर्छ ।
आजै यो कार्यक्रम सकिएर हामी खाना खान जानुप¥यो भने यो शहरमा कहाँ के खुल्छ । लुट्ने र धुत्ने आइडीया भएकाहरुको चंगुलमा अधिकांश राजनीतिज्ञहरु परे ।

अफासास भाषण भन्दा माथि उठ्न सक्ने मानिस आज सम्म सिनमा देखिएको छैन ।

Continue reading

समाचार

गोरखा बारपाकमा घुस काण्ड र सडक कालोपत्रेको रिपोर्टीङगर्न हिडेको रबी लामीछानेको सिधा कुरा जनतासंग को टिमलाई यसरी रोकियो !

Loading...

गोरखाको घुस काण्ड र सडक कालोपत्रेको रिपोर्टीङ सकेर हामी काठमाडौं फर्किदै थियौँ । गोरखाकै १२ किलो भन्ने स्थानमा आउँदा एउटा टिपरले हाम्रो बाटो छेक्यो । यो ट्रिपरका चालकले आँफुलाइ विपिन पोख्ररेल भन्ने व्यक्तिले यो गाडी रोक्न लगाएको भन्दै हामीलाई अघि बढ्न् दिएनन् ।

जबरजस्ती अघि बढे अर्को ठाँउमा आफ्ना साथिहरुले रोक्ने भन्दै धम्की दिए । यति सम्मकी टिपरबाट ओर्लिएर प्रहरीकै अगाडी उन्ले हाम्रो गाडी रोके ।

गोरखाको बारपाका जाने चोकमा उनले हाम्रो टिमलाई रोकी बारपाक जाने भए केही समय कुर्नु पर्ने बताए । पछि हामी काठमाडौँ तर्फ जादै गरेको भनेपछि उन्ले कुनै अन्य व्यक्ति सँग फोन सम्पर्क गरे ।

फोनमा ती व्यक्तिले काठमाडौँ जाँदै गरेको भए नरोक्न भनी उनलाई भने । तर उन्ले हाम्रो टिमलाई रोकिरहँदा त्यही चोकमा उपस्थित प्रहरी हबल्दारले यो देखेपछि उनलाई प्रहरी चौकीमा उपस्थित हुन भने । हाम्रो टिम पनि यस विषयमा बुझ्न १२ किलो भन्ने स्थानमा रहेको प्रहरी चौकी पुग्यौँ । हामीले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै लिखित निवेदन दियौँ ।

शुरुमा यही गाडीलाई रोक्न भनिएको भन्ने उनले चौकीमा पुगेपछि भने अकैँ गाडीलाई रोक्न भनिएको र आफुले गल्तीले यो गाडी रोकेको भनी बयान दिए । बयानमा उनले बारपाक सामान पठाउन गाडी रोकेको भने पनि गाडी रोक्दाको उनको रवैया र धम्कीको भाषा भने केही अरुनै बयान गरिरहेको थियो ।

Continue reading

समाचार

र यस्तो पनी : वाम एकता हुन नदिन दक्षिणकालीमा कालो बोका भाकल !

Loading...

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले वाम एकता नहोस् भनेर केही शक्तीले दक्षिणकालीमा बोका भाकल गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताए । उनले थपे ‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

एकता भनेको कुरा राष्ट्रको हित सँग जोडिएको स्पष्ट पार्दै उनले भने, ‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए।

Continue reading

समाचार

रत्नपार्कको पार्कमै दिनदहाडै यसरी मेट्छन जोडीहरुले यौनप्यास, गर्नेलाई भन्दा देखनेलाई लाज, हेर्नुहोस् यस्तो छ त्यहाँको पछिल्लो अभस्था …

Loading...

काठमाडौँ – काठमाडौँको मुटु रत्नपार्क बिगत देखिनै यौन ब्याबसायी युवतीहरुको अखडाको रुपमा परिचित छ ।

रत्नपार्कको बाहिर केहि बेर बस्नुभयो भने तपाईहरुले त्यहाँ अनेकौ दृश्यहरु देख्न सक्नुहुन्छ यो यौनकाण्डको कथा अब रात्नापार्कको बाहिर यौन ब्याबसायी युवतीहरुमा मात्र सिमित रहेन रत्नपार्कमा बनेको सुन्दर बगैचा भित्र प्रवेश गर्दा पनि बाहिरको पहिचान भित्र पनि त्यसरी नै देख्न सकिन्छ ।

रिपोर्टिङका सुनौलो नेपालको टीम लगातार तीन दिनसम्म पार्क भित्र प्रवेश गर्यो हामीले त्यहाँ दिउसै यौन प्यास मेटिरहेका देखि मदहोसमा बेहोस धेरै जोडीहरुलाई भेटेउ पार्कको अभाव रहेको काठमाडौँमा धेरै मानिसहरु तनाब कम गर्न टाढा टाढाबाट आएका परिवारसंग घुम्न त्यहाँ पुग्ने गरेको पनि देख्यौ उनीहरुले त्यस्ता यौनजन्य दृश्यहरुले निकै असहज भएको बताएपछि सार्वजनिक स्थानमा देखिएको बिकृति कम होस् भन्ने हेतुले केहि दृश्यहरु हाम्रो क्यामरामा कैद गरेका छौ ।

दिउसै सार्वजनिक पार्कमा यौन प्यासमा लिप्त जोडीहरुको सामाजिक प्रतिष्ठाको सम्मान गर्दै हामीले ति भिडियोहरुबाट उनीहरुको पहिचान नखुल्ने गरी अनुहार पुरै ढाकेर त्यहाँका अनेक यौनजन्य गतिबिधि देखि रत्नपार्कलाई यौन पार्क भन्न लायकका केहि दृश्यहरु प्रस्तुत गरेका छौ ।

हाम्रो अपेक्षा छ यो भिडियोले केहि भए पनि खुल्ला स्थानमा यस्ता यौन गतिबिधि गर्न निरुत्साहित गर्ने छ र एउटा सभ्य समाज निर्माण अहम भूमिका निर्वाह गर्नेछ

हेरौ हाम्रो भिडियोमा कैद केहि दृश्यहरु

Continue reading

खेलकुद

सन्दिपको दिल्लीद्वारा बेंग्लोरसामु १७५ रनको लक्ष्य प्रस्तुत, रिसभ पन्तले जोगाए दिल्लीको नाक ! जित कस्को ?

Loading...

बेंग्लुरु : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालञ्जर्स बेंग्लोरलाई १७५ रनको विजय लक्ष्य दिएको छ।

बेंग्लुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो। दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ८५ रन बनाए । उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। शरिष लेरले ५२ रन जोडे। ३१ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

Continue reading

अन्तर्राष्ट्रिय

उत्तर कोरियाका राष्ट्रपति किम जोन उनले गरे अहिलेसम्मकै अचम्मको घोषणा, धेरैले भने–पत्याउनै गाह्रो

Loading...

उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ । उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ ।

परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो ।

परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए ।

Continue reading