रुपन्देहीमा निर्वाचनको तयारी पुरा, चार घेरामा मतपेटीकाको सुरक्षा

Loading...

बुटवल, १९ मंसिर । रुपन्देहीमा निर्वाचनको तयारी पुरा भएको छ । आउंदो २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

जिल्लामा २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंसेवक खटाईएको रुपन्देहीका सहायक निर्वाचन अधिकारी गोपाल अर्यालले बताए । अर्यालका अनुसार मतपेटिका, स्वस्तिक छाप, सुरक्षणशील, स्टेशनरी लगायत ६७ प्रकारका सामाग्री सम्बन्धी केन्द्रमा पुगिसकेका छन् । मतदानका लागि कालो र सेतो दुई प्रकारका मतपेटिकाको व्यवस्था गरिएको अर्यालले बताए । कालो मतपेटिका प्रतिनिधि र प्रदेशसभाको लागि प्रत्यक्षतर्फको हो भने सेतो मतपेटिका प्रदेश र प्रतिनिधि सभाका लागि समानुपातिकको हो ।

निर्वाचन आयोगका अनुसार आज र भोली नयां मतदातालाई परिचयपत्र वितरण गरिदै छ । ०७४ साउन ३ देखि भदौ ३ गतेसम्म फोटो खिचाएका मतदातालाई नयां परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ । अन्य मतदाताले यसअघि स्थानीय निकाय निर्वाचनमा वितरण गरिएको परिचयपत्रका आधारमा मतदान गर्न सक्ने छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ४ हजार ४ सय ४४ सुरक्षाकर्मी खटिएका छन् । रुपन्देहीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन् ।
पाल्पामा पनि तयारी पुरा

निर्वाचनको लागी विभिन्न स्थानमा खटिएका पाल्पाका मतदान अधिकृतहरु निर्वाचन तयारीको लागी मतदानस्थलमा जुटेका छन । विहीबार हुने दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागी ६४ प्रकारका निर्वाचन सामाग्री बुझेर मतदानस्थलमा पुगेका मतदान अधिकृतहरुले स्थानीय राजनितिक दलको सर्वदलिय बैठक बसाली काम शुरु गरेका हुन् ।

पाल्पाका १ सय १८ मतदान स्थलका २ सय २६ मतदान केन्द्रमा मतदान अधिकृत खटिई तयारीमा जुटेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताउनु भयो । मतदानस्थलमा खटिएका मतदान अधिकृतहरुले स्थानीय राजनितिक दल, बुद्धिजिवी, सुरक्षाकर्मी तथा सरोकार निकायको रोहवरमा सर्वदलिय बैठक बसी निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नको लागी विभिन्न निर्णय गरेका छन् ।
मतदान अधिकृतहरुले सोमबारदेखी विहीबार सम्मको लागी मतदानस्थल वरीपरी विभिन्न गतिविधीमा समेत रोक लगाउदै निर्वाचन आचार संहिता जारी गरेका छन् । राजनितिक दलसंग सर्वदलिय बैठक बसी निर्वाचनको तयारीमा जुटेको मोहनकन्या मावि मतदान केन्द्रकी मतदान अधिकृत संगिता रेग्मीले बताईन् । पाल्पाका मतदान अधिकृतहरुले सर्वदलिय बैठक मार्फत अन्य निर्वाचन आचारसंहित सहित मतदानस्थल वरीपरी धुम्रपान, मध्यपान पुर्ण रुपमा निषेध गरेका छन् ।

मतदानस्थल वरपर समुह समुहमा भेला हुन नपाईने, कुनैपनि दलिय निर्वाचन सामाग्री राख्न, टास्न नपाईने, टांसिएका सामाग्री तुरुन्त हटाउने, मतदानस्थल वरपर मदिरा विक्रि वितरण गर्न नपाईने, माईक साउण्ड सिष्टम टेपरेकर्डर बजाउन नपाईने, सुरक्षाकर्मी बाहेक अन्यपक्षले हातहतियार लिएर हिडन् नपाईने जस्ता आचारसंहिता जारी गरेका छन् । निर्वाचनको लागी पाल्पामा मतदान अधिकृत सहित १ हजार ८ सय ४६ कर्मचारी, १ हजार ४३ म्यादी प्रहरी, नेपालप्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको छ । पाल्पामा १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *