सोमबार बिहानदेखि नेपालभारत सीमासंग जोडिएका यसक्षेत्रका सीमा नाका शिल

Loading...

बुटवल, १९ मंसिर । विहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपालभारत सीमासंग जोडिएका यसक्षेत्रका सीमा नाका शिल गरिएको छ ।


निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने उद्देश्यले भारतसंग जोडिएको सीमा नाकालाई शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसक्ष्ँेत्रका नवलपरासी, रुपन्देही र कपिलवस्तुका सिमा क्षेत्रका अधिकारीहरुले भारतिय अधिकारीहरुसंगको छलफल पछि सिमानाका बन्द गरेका हुन् । नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा ७२ घण्टा सीमानाका शिल गर्ने गर्दछन् ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको जिल्ला सुरक्षा समितीले जनाएको छ । सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी लगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ । त्यस्तै यस्तै कपिलवस्तु प्रशासनले मंगलबार विहानैदेखी नेपाल भारत सिमानाका बन्द गरि तालीम प्राप्त कुकरबाट चेकजांचमा कडाइ गरेको छ ।

विहीबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाइ भयरहित, स्वच्छ, निपष्क्ष रुपमा सम्पन्न गर्ने उदेश्यले नेपालभारतका सुरक्षा अधिकारीको सहमतीमा सिमानाका बन्द गरिएको छ । कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, खुनुवा, मर्जादपुर लगायतका नाका क्रमश एकै चोटी बन्द गर्दा सयौ यात्रु अलपत्र पर्ने हुंदा कडा चेकजांच सहित यातायातका साधन आवतजावतमा रोक लगाईएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

 

नेपालमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई सिमाबाट हुने अपराधिक गतिविधिबाट रोक्न र भयरहित बातावरणमा सम्पन्न गर्न भारत सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता यस अघि नै गरिसकेकाले भारत स्थीत गृह मन्त्रालयले पनि सिमा बन्द गर्ने निर्देशन दिएको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *